५ तस्वीरमा शुक्रबार नेपालका प्रमुख समाचार

प्रसाई काठमाडौँ ल्याइँदै बिर्तामोड, २९ चैतः फरार रहेका दुर्गा प्रसाईलाई शुक्रबार प्रहरीले झापाको काँकरभिटाबाट पक्राउ गरी चन्द्रगढी एयरपोर्टबाट बुद्ध एयरमा राखेर काठमाडौँ लगिँदै । तस्बिरः राजकुमार ओली\रासस

२९ चैत, काठमाडौं । शुक्रबार नेपाल प्रहरीले राजावादी अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गरी काठमाडौं ल्याएको खबर सबैभन्दा चर्चामा रहन सफल भयो । समाजिक संजाल समेत यसकै वरिपर केन्द्रित भयो । शुक्रबार पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आफ्नो प्रतिवेदन बुझायो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलन तथा कुलपतिको राजिनामाबारे तिखो टिप्पणी गरेका छन् । यी र यस्तै खबरसँगै यी हुन आजका प्रमुख ५ खबर तस्वीरमा….

प्रधानमन्त्री ओली – खुकुरी प्रदान भक्तपुर, २९ चैतः प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय\रासस
मौसम खुलेपछि शुक्रबार खम्बु पासाङल्हामु गाउँपालिका–४ दिङ्बोचेबाट सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक । तस्बिरः हरि परियार/रासस
बौद्धमा तेमाल जात्रामा भक्तजन काठमाडौँ, २९ चैतः काठमाडौँ बौद्धनाथ स्तुपामा शुक्रबार तेमाल जात्रामा आएका भक्तजन। यो जात्रामा विशेषगरी तामाङ समुदायका भक्तजन बौद्धनाथमा आउने गर्छन। तेमाल जात्रामा आउने भक्तजनहरुले दिवङ्गत पितृको सम्झनामा बति बाल्ने लामा गुरुद्वारा पूजापाठ गर्छन। तस्बिरः हरिराम भेटुवाल\रासस
काठमडाैँ रामशाहपथस्थित शुक्रबार पानी परेकाे अवस्थामा सवारीसाधनमार्फत सर्वसाधारण गन्तव्य तर्फ जाँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस