काठमाडौं । बालुवाटारको ललितानिवास जग्गा काण्डका आरोपित मध्ये एक शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । बुधबार साँझ उनको नागार्जुनस्थित घरमा बम विस्फोट भएको प्रहरीले पुष्टी गरेको छ ।
नागार्जुन, १ नर्सरी चोकमा उनको घर रहेको छ । विस्फोटले घरमा सामान्य क्षति भएको र पार्किङ गरी राखेको गाडीमा समेत सामान्य क्षति भएको बताइएको छ ।
मानवीय क्षति भएको छैन । प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।
विस्फोटको जिम्मा भने नेकपा विप्लव समूहले लिएको छ । उक्त समूहले केही दिन यता एनसेलका टावरमा समेत क्षति पुर्याइरहेको छ ।
उक्त समूहले विस्फोट लगत्तै पर्चा फालेको थियो ।