काठमाडौं । काभ्रेमा जंगलबाट जुवाडे पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी गराएको छ ।
उनीहरु जंगलमा लुकेर तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
बुधबार बेलुका उनीहरुलाई पक्राउ गरिएको र उनीहरुको साथबाट नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एक कार र ११ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी पुगेको थाहा पाएपछि १५ जना भने फरार भएका थिए । उनीहरुका खोजि भइरहेको प्रहरीले जनाएको छ ।
घर तथा होटेलमा प्रहरीको डर हुने भन्दै प्रहरीलाई छल्न जंगलमा पुगेर तास खेलेको पाइएको छ । पछिल्लो समय प्रहरीले देशभर नै जुवाडेविरुद्ध कारवाही तिब्र बनाएको छ ।