टाइफुन वुटिप नजिकिँदै जाँदा चीनको हाइनानमा दशौँ हजारलाई सुरक्षित स्थानमा सारियो

(250613) -- SANYA, June 13, 2025 (Xinhua) -- Strong winds and rough waves are seen at the Dadonghai sea area in Sanya, south China's Hainan Province, June 13, 2025. As Typhoon Wutip continued to strengthen, the Hainan provincial meteorological service maintained a Level III typhoon alert as of 11 a.m. Friday. As of 10 a.m. on Friday, the storm's center was located over coastal waters near Ledong Li Autonomous County, with maximum sustained winds near the center reaching 28 meters per second. By 8 p.m., downpours are expected in many parts of the province. According to meteorological forecasts at noon, Typhoon Wutip is expected to move northward at a speed of 5 to 10 kilometers per hour, with little change in intensity. (Xinhua/Zhao Yingquan)

एजेन्सी
३१ जेठ, काठमाडौं । यस वर्षको पहिलो टाइफुन, टाइफुन वुटिप नजिकिँदै गर्दा दक्षिण चीनको हाइनान प्रान्तमा दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबार बिहानसम्ममा यस प्रान्तले निर्माण स्थलहरू, तल्लो बाढी प्रभावित क्षेत्रहरू र आकस्मिक बाढीको जोखिममा रहेका क्षेत्रहरूबाट कुल १६ हजार पाँच सय ६१ मानिसलाई खाली गराएको थियो । प्रान्तका सबै ३० हजार सात सय २१ माछा मार्ने जहाज या त बन्दरगाहमा फर्केका थिए वा अन्यत्र शरण लिएका थिए । जहाजहरूमा काम गरिरहेका ४० हजारभन्दा बढी मानिसलाई किनारबाट निकालिएको थियो ।

टाइफुन वुटिप बलियो हुँदै जाँदा प्रान्तीय मौसम विज्ञान सेवाले स्थानीय समयानुसार शुक्रबार ११ बजेसम्म तेस्रो स्तरको टाइफुन चेतावनी कायम राखेको छ ।
शुक्रबार १० बजेसम्म आँधीको केन्द्र लेडोङ ली स्वायत्त काउन्टी नजिकैको तटीय पानीमा अवस्थित थियो । यसको केन्द्र नजिकै अधिकतम निरन्तर हावा २८ मिटर प्रतिसेकेन्ड पुगेको थियो । आठ बजेसम्म प्रान्तका धेरै भागमा वर्षा हुने अपेक्षा गरिएको छ ।

दिउँसोको मौसम पूर्वानुमान अनुसार टाइफुन वुटिप पाँचदेखि १० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ बढ्ने अपेक्षा गरिएको छ । तीव्रतामा थोरै परिवर्तन भएको छ । वुटिपले शुक्रबार लेडोङ काउन्टी र डोङफाङ सहरको बीचको तटमा २५ देखि २८ मिटर प्रतिसेकेन्डको हावालाई समेट्ने गम्भीर उष्णकटिबन्धीय आँधीको रूपमा अवतरण गर्ने सम्भावना रहेको छ ।