पोखरा । प्रदेशसभा सांसद दीपक मनाङ्गेलाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
पोखराको लेकसाइडस्थित होटेल प्याराडाइजबाट उनलाई पक्राउ गरिएको हो । सादा पोशाकमा गएका प्रहरीले उनलाई समातेका थिए । जिल्ला प्रहरी कार्यालय कास्की अनुसार उनीमाथि अनुसन्धान थालिएको छ ।
मनाङ्गेले बिहीबार राष्ट्रिय सभाको निर्वाचनमा मतदात गरी होटल पुगेका थिए । त्यसपछि भने प्रहरीले पक्राउ गर्यो ।
मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए ।
गुरुङले बुधबार नै मनाङ्गेविरुद्ध उजुरी दायर गरेका थिए । मनाङ्गे नेकपाका सांसद हुन् ।