काठमाडौं । कोरोना भाइरसको नमूना परीक्षण अब नेपालमै सम्भव हुने भएको छ । यसअघि नमूना परीक्षणका लागि विदेश पठाउनु पर्ने बाध्यता थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण शुरु भएको हो ।
कोरानाको परीक्षणका लागि आवश्यक केमिकल नेपाल आइसकेको बताइएको छ । उपचारको क्रममा चिकित्सकले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिमा मात्र यसको परीक्षण हुने भएको छ ।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस संसारभर फैलदा क्रममा रहेको छ ।
नेपालमा पनि यस रोगबाट प्रभावित विरामी भेटिएका छन् ।
चीनबाट आएका नेपाली र एक अमेरिकीमा यसको संक्रमण देखिएको हो । कोरोना भाइरसको परीक्षणका लागि त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ ।