काठमाडौं । लग्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जेन एसेनबर्न नेपाल आउन लागेका छन् ।
उनी बुधबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा दुई दिने भ्रमणका सिलसिलामा उनी आउन लागेका हुन् ।
नेपाल रहँदा उनी बिहीबार प्रधानमनत्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ ।
बुधबार काठमाडौं ओर्लने उनले समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम राखिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
बुधबार लग्जम्बर्ग र नेपालबीच द्वैत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दैछ । त्यस अवसरमा समेत विशेष कार्यक्रम आयोजना गरिदैछ ।