काठमाडौं । चीनमा कोरोना भाइरसले प्रकोपको रुप लिएपछि नेपाल भित्रन नदिन रसुवागढी नाकामा कडाई गरिएको छ ।
१५ दिनका लागि रसुवागढी नाका बन्द गरिएको हो । नाकाबाट चीनबाट आउने पर्यटकलाई रोक्ने निर्णय भएको हो ।
बुधबारदेखि १५ दिनसम्म सो नाकाबाट चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।
गृह मन्त्रालयका अनुसार तिब्बतमा अहिले ल्होसार चलिरहेको छ । अर्कोतर्फ कोरोना भाइरस र सडक निर्माण कार्य जारी समेत छ ।
सोहीकारण चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको हो ।
नाकाबाट चीन र नेपाल दुबै मुलुकका नागरिकलाई रोकिएको हो । पछिल्लो समय चीनमा कोरोना भाइरसले १ सय ५० भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।