काठमाडौं । हिमालय एयरलाइन्सले चीनका सबै उडान स्थगित गरेको छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै हिमालयले चीनका लागि उडान रोकेको जनाएको छ ।
नेपालबाट चिनियाँ शहरमा हिमालयले मात्र नियमित उडान गरिरहेको थियो । चीनको बेइजिंगलाई नेपालबाट हिमालयले जोडेको छ ।
तर, चीनमा तीन साताअगाडीबाट फैलिएको कोरोना भाइरसका कारण हिमालयको उडान प्रभावित भएको हो ।
चीनका विभिन्न ५ गन्तब्यमा हिमालयले उडान गरिरहेको छ । चीनबाट भने नेपालमा ५ वटा कम्पनीले उडान गरिरहेका छन् ।
उता, बेलायतको बिट्रिस एयरवेजले समेत चीनको उडान बन्द गरेको छ ।
पछिल्लो समय चीन आफैले नै धेरै गन्तब्यबाट पर्यटकहरुलाई प्रवेशमा रोक लगाएको छ । जसले गर्दा चीनबाट अन्य मुलुकमा यो रोगको संक्रमण नहोस भन्ने लक्ष्य राखिएको छ ।