काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव आएको छ ।
बुधबारबाट राजधानीमा सुरु केन्द्रीय कमिटीको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन २०७७ चैतको अन्तिममा गर्ने प्रस्ताव गरेका छन् ।
बैठकमा अध्यक्ष दाहालले महाधिवेशन २०७७ चैत २५ देखि ३० गनेसम्म गर्ने प्रस्ताव गरेका हुन् ।
२०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतापछि यो पहिलो राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
०७७ को भदौदेखि मंसिरसम्म ३ महिना प्रदेश र स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र चैतमा राष्ट्रिय महाधिवेशनको प्रस्ताव गरिएको हो ।
नेकपाको दोस्रो केन्द्रिय कमिटि बैठक बुधबारबाट शुरु भएको हो ।