ललितपुर । ललितपुरको फिट एण्ड फाइन जिमखानामा साउनामा पसेका एक दम्पत्तिको निधन भएको छ । जीम सकेर उनीहरु वाफ लिन साउना पसेका थिए ।
ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्ने हस्त गर्बुजा मगर र नेत्रकुमारीको गतराती निस्सासिएर मृत्यु भएको हो । ललितपुर प्रहरी परिसर जावलाखेलका अनुसार हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिवका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।
प्रहरीका अनुसार गर्बुजा मगर दम्पत्ति बुधबार साँझ जिम सकेर साउना लिनका लागि छिरेका थिए । साउना लिने क्रममा उनीहरु लामो समयसम्म बाहिर निस्किएनन् ।
त्यसपछि ढोका खोल्दा उनीहरू बेहोस थिए । तत्काल उनीहरुलाई पाटन अस्पताल लगियो । तर, चिकित्सकले मृत घोषित गरे ।