सुर्खेत । शनिबार सुदुरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहानै दुईपटक भूकम्पको धक्का महसुस गरिएको हो ।
बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।
लगातार दुई धक्का महसुश गरिएको छ । भूकम्पको धक्का बैतडी, बझाङ, अछामसहित जिल्लामा समेत भएको थियो ।
भूकम्पले ठूलो क्षति भने गर्न सकेन । नेपालमा पछिल्ला दिनमा सुदुरपश्चिममा निरन्तर ससाना धक्का महसुश भइरहेका छन् ।