सेनाले यसरी गरिरहेको छ उद्धार

बाढीमा फसेकालाई उद्धार गर्दे नेपाली सैना राजविराज(सप्तरी), १९ असोज : सप्तरीको सप्तकोशी नगरपालिका-६ स्थित बोचनी पोखरियामा बाढीमा फसेकालाई उद्धार गर्दे नेपाली सैना ।तस्बिर : अरूणकुमार यादव/रासस

काठमाडौँ, २० असोजः इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाप्टरमार्फत झापा लगिएको छ । पछिल्लो अविरल वर्षाकाकारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पु¥याइएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, घाइते हुनेमा एक बालिकासहित तीन महिला र एक पुरुष छन् । झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजके सहयोगमा गएराति मोटर बोटबाट ४८, डुङगाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षितस्थानमा राखिएको छ ।