नेपालमा हिउँद लागेको संकेत गर्ने ७ तस्वीर

दाङको घोराही उपमहानगरपालिका–१४, झिंगौरास्थित स्वर्गद्वारी मन्दिर आश्रममा रहेका गाईलाई चराउन चरन क्षेत्रतर्फ लगिँदै। यहाँ ७५ भन्दाबढी गाई रहेको आश्रमले जनाएको छ । तस्बिरः सुशीला ओली/रासस चरन क्षेत्रतर्फ लगिँदै स्वर्गद्वारी मन्दिर आश्रममा पालिएका गाई घोराही(दाङ), २६ असोजः

काठमाडौँ, २६ असोजः हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । मौसम सफा रहँदा पृष्ठभूमीमा समेत हिँउद लागेको झल्को देखिन्छ । त्यस्तै प्रतिनिधि तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान खेतबाट गोरुगाडामा धान पराल घरतर्फ लैजाँदै । दुर्गम ग्रामीण क्षेत्रहरुमा कृषि उपज बोक्नका लागि गोरुगाडालाई प्रयोगमा ल्याउने प्रचलन कायमै रहेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिका वडा नंं ४ स्थित बोहोरेटाको दुर्गाप्रसाद आचार्यको घर बाहिर थाक्रामा राखिएको मकै । घुन, पुतली र कीराले नखाओस् र नकुहियोस् भनी ग्रामीण भेगमा मकै थाक्रामा राखिन्छ । तस्बिर: रमेशढुंगेल/रासस
अन्नपूर्ण हिमशृङ्खला म्याग्दी, २६ असोजः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिलबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलबाट अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको साथै सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम/रासस
पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल र आसपासको भू भाग । तस्बिरः सन्तोष पुर्कुटी/रासस
सङ्खुवासभाको पाँचखपन नगरपालिका-१ मा अवस्थित १९१ मिटर अग्लो घोर्ले झरना । उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको पर्यटकीय गन्तव्य बनेको छ। तस्बिरः भविन कार्की/रासस
बादलको घुम्टोले ढाकेको बङ्लाचुnLको भू-भाग र सिस्ने हिमाल दाङ, २६ असोज M दाङको बङ्लाचुली गाउँपालिका- ४ स्थित जुम्लेपानीबाट आइतबार बिहान देखिएको बादलले ढाकेको बङ्लाचुलीको भू-भाग र रुकुमको सिस्ने हिमाल ।तस्बिर : कुलदीप न्यौपाने/ रासस