काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट आज नेपालीलाई फिर्ता ल्याउदैछ ।
शुक्रबार त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा पुर्याउने सम्बन्धमा पूर्वाभ्यास गरिएको छ ।
चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनमा राखिदैछ ।
त्यहासम्म कसरी उनीहरुलाई पुर्याउने भन्ने सम्बन्धमा प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरिएको हो ।
चीनबाट शनिबार नेपाल एयरलाइन्सको जहाजले नेपाली विद्यार्थीलाई फिर्ता ल्याउदैछ ।
करिब १९० जना नेपाली नेपाल एयरलाइन्सबाट नेपाल फर्किदैछन ।
नेपाल फर्किएका नेपालीलाई २ सातासम्म क्वारेन्टाइनमा राख्नु पर्छ । उनीहरुलाई राख्ने बारे स्थानीयले भने विरोध गरिरहेका छन ।