काठमाडौं । कप्तान लिओनल मेसी चम्किएपछि बार्सिलोनाले स्पेनिस ला लिगामा आइबरविरुद्ध रवाफिलो जीत दर्ता गरेको छ । आइबरविरुद्ध बार्सिलोना ५-० गोलले विजयी भएको छ ।
यस खेलमा कप्तान मेसी एक्लैले ४ गोल गरे । उनले पहिलो हाफको ४० मिनेटभित्रै ह्याट्रिक गरेका थिए ।
मेसीले दोस्रो हाफमा एक गोल थपेका हुन् । अर्को गोल आर्थर मेलोको नाममा रह्यो । यो जितपछि बार्सिलोनाले लालीगमा रियल मड्रिडलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो ।
२५ खेलबाट बार्सिलोनाले ५५ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ५३ अंक भएको छ ।
पछिल्ला केही खेलमा मेसीले गोल गर्न सकेका थिएनन् ।
सोहीकारण उनको आलोचना शुरु भएको थियो । तर, शनिबारको खेलबाट उनले सबै आलोचकको मुख थुनिदिएका छन् ।
एजेन्सी