गगनलाई सुजाताको बधाई

३ माघ, काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिएकी छिन् । उनी देउवा काङ्ग्रेसतर्फ खुलेकी थिइन् । तर, निर्वाचन आयोगले गगनको नेतृत्वलाई आधिकारिकता दिएपछि उनले परिवर्तनलाई स्वीकार्न नेता कार्यकर्तालाई आग्रह गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भिडियो सन्देश सार्वजनिक गर्दै उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरिन् ।

‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हाँसेर खुसी भएर अङ्गालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु’, उनले भनेकी छिन् । नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेतालाई आग्रह गरेकी छिन्।