गोरखा । गोरखाको धार्चे गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा परी वडा सचिवको मृत्यु भएको छ । दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यो टोली अपांगता परिचयपत्र वितरण गर्न आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेको थियो ।
जीपमा जनप्रतिनिधि र कर्मचारी चढेका थिए । बा १ च ५५०५ नम्बरको जीप बुधबार राति दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा धार्चे गाउँपालिका–६ का सचिव किरण रिमालको ज्यान गएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङ, धार्चे गाउँपालिका–५ का शर्मिला गुरुङ, निशा गुरुङ, केरौजाका बालचन्द्र गुरुङ, लाप्राकका धनबहादुर गुरुङ, माछाखोलाका केयरसिंह गुरुङ र काठमाडौंका सुरज नेपाल घाइते छन् ।
जीप सडकबाट २ सय मिटर तल झरेको छ ।