नेपाली मुलका अमेरिकी नागरिक सोमनाथ घिमिरे, न्युयोर्क राज्य विधानसभाको चुनावी प्रत्याशी

बिष्णु सिंह, न्युयोर्क

आगामी जुन २३, २०२६ मा हुन गईरहेको न्युयोर्क राज्य विधानसभाको चुनावमा ‘चुनावी क्षेत्र कुईन्स प्रमुख विधानसभा जिल्ला नम्बर ३०’ मा नेपाली मुलका अमेरिकी नागरिक सोमनाथ घिमिरे डेमोक्र्याटिक पार्टीबाट चुनावी प्रत्याशी बनेका छन । भोट हाल्ने प्रक्रिया भने जून १३ बाट २१ सम्म जारिरहनेछ ।

यस क्षेत्र नम्बर ३० मा उड्साईड, ज्याक्सनहाईट, एल्महर्शट, मास्पेथ, र मध्येवर्ति कुविन्सका क्षेत्रहरु समावेश भएका छन । यस क्षेत्रमा बिभिन्न बहुभाषिक, बहु जातीय, बहु सास्कृतिक समुदायहरु रहेका छन । गिरिजा फाउन्डेसन मार्फत सामाजिक क्षेत्रमा कार्य गरेका घिमिरे यो क्षेत्रका मतदाता समुदायमा राम्रो घुलमिल र परिचित छन ।एक दरिलो, समावेशी र स्वच्छ समुदाय निर्माण गर्ने दृष्टिकोण बोकेका घिमिरे स्थानीय समुदायसंग निरन्तर भेटघाट, छलफल, र सभा गर्दै आएका छन । यसले गर्दा उनको स्थानीयहरुसंग घनिष्ठता बढेको बुझिन्छ । यस क्षेत्रको बिबिध समुदायबीच अनेकतामा एकता कायम गरि शान्ति, समृद्धि र प्रगति गर्न सकिने सम्भावना बढाउन सकिन्छ भन्ने अठोट बोकेका घिमिरेको दृष्टिकोणबाट स्थानीयहरु उनीप्रति प्रभावित भएको देखिन्छ ।

प्रत्याशी घिमिरेले यस क्षत्र नम्बर ३० का लागि प्रस्तुत गरेका कार्यक्रमहरु ;
उनले गर्ने प्राथमिकतामा सहुलियतपुर्ण बसोबासको व्यवस्था, सरकारी स्कुलहरुको सुदृढिकरण, कामदारहरु अधिकारको सुरक्षा, साना व्यवसाय बिकासको लागि सहयोग, बिधान सभा क्षेत्र नम्बर ३० को जनताको प्रतिनिधित्व हुने समावेशिताको निश्चितता गर्ने कार्यक्रमहरु रहेकाछन । साथै आप्रवाशी र तिनका परिवारहरुको अधिकार सुरक्षाको लागि दरिलो रुपमा विधानसभा प्रस्तुत हुने बताएका छन ।

उडसाईड निवासी घिमिरे करिब तिन दशकअघि अमेरिका आएका हुन् । करिब दुई दशक उनले नेपाली अमेरिकन समुदाय र बिशेष गरि दक्षिण एशियाली समुदायसंग काम गरेकाछन । उनले २०२० को अमेरिका जनगणनामा फिल्ड सुपरभाईजर भई कार्य गरेका थिए । इन्हुरेड अन्त्राष्ट्रिय सस्थाबाट मानव अधिकारको क्षेत्रमा कार्या २२ मुलुकहरुको भ्रमण गरेका छन ।
उनि भन्छन सार्वजनिक क्षेत्र को कार्य भनेको गर्ने मात्र होईन । यो जनताको आवाज सुन्ने, उनीहरु बिछ उपस्थित हुने र आवस्यक पर्दा साथ् दिने पनि हुनुपर्छ । यसको लागि आफु निरन्तर लागि पर्ने दृढता ब्यक्त गरेकाछन ।

अहिले प्रारम्भिक चुनावी अभियानमा खटिरहेका घिमिरे बलियो जनस्तरको क्षेत्र निर्माणमा जुटिरहेकाछ्न । साथै आफ्नो क्षेत्रका सहयोगी र शुभेच्छुक समुदायबाट जति सकिन्छ सानोतिनो आर्थिक सहयोग पनि अपेक्षा गरेकाछन र यसका लागि दाताहरुले अन्लाईन मार्फत सहयोग निम्न लिंकबाट गर्न सकिन्छ ।

https://secure.actblue.com/donate/somnath-ghimire-for-assembly

प्रजातान्तिक प्रत्याशी घिमिरे बिस्वास गर्छन सामुहिक प्रयासले यस क्षेत्र ३० का सबै समुदायलाइ समान अवसर सृजना गर्न सकिन्छ र सबै फस्टाउन सक्दछन ।