रोम । इटली सरकारले अब नागरिकलाई सडकमा निस्कन प्रतिवन्ध लगाएको छ । कोरोना संक्रमणले महामारीको रुप लिएसँगै सरकार यो निष्कर्षमा पुगेको हो । इटलीभर यात्रा बन्द गरिएको छ ।
नागरिकले अब सडकमा निकस्न पाउने छैनन् । बाहिर निस्कनै पर्ने काम भए स्थानीय प्रशासनको अनुमति लिनु पर्ने भएको छ ।
सडकमा हिड्न प्रतिवन्ध लगाएसँगै अब नागरिकहरुले एकिकृत हुने सम्भावना समेत नहरने सरकारको विश्वास छ ।
यसले कोरोनाको संक्रमण अझै नफैलने विश्वास गरिएको छ । यसअघि इटलीले कोरोनाबाट बच्न १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिसकेको छ ।
इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले सोमबार टेलिभिजन सम्बोधन गरेका थिए । उनले सोही सम्बोधनमा नागरिकलाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएका हुन ।
उनले अत्यावश्यक काम परे अनुमति लिएर जान सकिने उल्लेख गरे । चीनबाट फैलिएको यो रोगको संक्रमबाट सोमबारसम्म ४६३ जनाको ज्यान गएको छ । इटली र इरान चीनपछि सबैभन्दा बढी प्रभावित मुलुक हुन् ।