काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ४ हजार पार गरेको छ । त्यसमध्ये अमेरिकामा मात्र २६ जनाको निधन भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।
चीनबाट शुरु भएको यस रोगबाट सोमबारसम्म २६ जनाले अमेरिकामा ज्यान गुमाएको तथ्यांक छ ।
सोमबारसम्म कूल संख्या ४ हजार २५ ले विश्वभर ज्यान गएको छ । चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ ।
बाँकी ८ सय ८९ जना भने विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको हो । अहिले ४६ हजार २ सय ८४ जनाको अ हिले पनि विश्वका १ सय १३ वटा मुलुकमा उपचार भइरहेको छ ।
संक्रमित १ लाख १४ हजार २ सय ९९ पुगेकोमा ६३ हजार ९ सय ९० जना उपचारपछि घर फर्किसकेका छन् ।
चीनपछि इटलीमा बढीको ज्यान गएको छ । इटलीमा ४ सय ६३ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा मृतकको संख्या ५३ पुगको छ । फ्रान्स र स्पेनमा ३०, ३० जनाको मृत्यु भएको छ ।