इरानमा रहेका पोल्यान्डका सबै नागरिकले तत्काल देश छाड्नुपर्छ : प्रधानमन्त्री

(260127) -- TEHRAN, Jan. 27, 2026 (Xinhua) -- This photo taken on Jan. 27, 2026 shows a view in Tehran, Iran. (Xinhua/Shadati)

तेहरान, ८ फागुन (रासस\एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्रविरुद्ध सैन्य कारबाहीको सङ्केत गरेपछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफ्ना सबै नागरिकहरूलाई इरान छोड्न आह्वान गरेका छन् । उनले एक पत्रकार सम्मेलनमा भने, “इरानमा रहेका पोल्याण्डका सबै नागरिकले तुरुन्त देश छोड्नु पर्छ र कुनै पनि हालतमा कसैले पनि इरानको यात्रा गर्ने योजना बनाउनु हुँदैन ।

उनले थपे, “तातो द्वन्द्वको सम्भावना धेरै छ । केही घण्टा वा केही दिन हुनसक्ला, इरानबाट बाहिरिने एक मात्र विकल्प हुनेछ ।” हालैका महिनाहरूमा पोल्याण्ड सरकारले आफ्ना नागरिकहरूलाई देश छोड्न आह्वान गरेको यो दोस्रो पटक हो । अमेरिकाले इरान नजिकै युद्धपोत, लडाकु विमान र इन्धन भर्ने विमानसहित सैन्य बल निर्माण गरिरहेको छ र ट्रम्पले आदेश दिएमा कुनै पनि समय युद्ध हुन सक्नेछ ।