धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त

मलेखु (धादिङ), ११ फागुन : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै दुर्घटनामा परेको यात्रु बस । पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रु बस त्रिशुली नदी किनारमा खसेको हो । दूर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । तस्बिर : शंकर श्रेष्ठ/रासस

काठमाडौँ, १२ फागुनः संयुक्त अरब इमिरेट्स (युएई)ले धादिङमा सोमबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको यहाँस्थित युएईको राजदूतावासले जनाएको छ । युएईको परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरेको हो ।

संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा, पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ । साथै, घाइते सबैको शीघ्र भएका स्वास्थ्यलाभको कामना गरिएको छ । उक्त दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन्भने अन्य २५ जना घाइते भएका छन् ।