नयाँदिल्ली, १६ फागुन (रासस–सिन्ह्वा) । अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो त्रैमासमा भारतको अर्थतन्त्र ८.४ प्रतिशतले वृद्धि भएको थियो । तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले भनेको छ, “आर्थिक वर्ष २०२५–०२६ को तेस्रो त्रैमासमा वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)अर्थात् स्थिर मूल्यमा रहेको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ले ७.८ प्रतिशतको वृद्धि दर देखिएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कले सन् २०११–०१२ देखि २०२२–०२३ को एक दशकलाई आधार वर्ष मानेको छ।
सरकारी तथ्याङ्कअनुसार पुनर्वासपछि अर्थतन्त्रको उत्थानशील कार्य सम्पादनमा योगदान पु¥याउन उत्पादनमूलक क्षेत्र प्रमुख चालक रहेको छ । “सन् २०२३–०२४ र आर्थिक वर्ष २०२५–०२६ को अहिलेसम्मको प्राप्त जानकारीले दोहोरो अङ्कको वृद्धि सुनिश्चित गरेको पुष्टि गरेको तथ्याङ्कले देखाएको छ । सरकारले भनेको छ, “प्रमुख र र आधारभूत क्षेत्रहरूले आर्थिक वर्ष २०२५÷०२६ मा नौ प्रतिशतभन्दा माथि वृद्धि दर दर्ता गरेर अर्थव्यवस्थाको प्रदर्शनलाई बढावा दिएका हुन् ।