काठमाडौं । चीनले इरान र इटालीमा विशेषज्ञ सेवा सहायता पठाएको छ । कारोनाबाट आप्नो मुलुकमा करीव मुक्ति पाएको चीनले इरान र इटालीमा डाक्टरसहित सहायता सामग्री पठाएको हो ।
पछिल्ला दिनमा इरान र इटालीमा कोरोनाले भयाभह रुप लिएसँगै चीनले आफ्नो विशेषज्ञतासहित सहायता सामग्री र टोलीलाई पठाएको हो ।
यूरोप र एसियाली मुलुका इरानसहित मध्यपूर्वी देशमा कोरोनाको संक्रमण तिब्र भइरहेको छ । यसअघि मंगलबार चीन र इटालीका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो ।
वार्तामा चीनले सहयता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको थियो । चीनको वुहान शहरबाट उत्पत्ति भएको यो रोगको संक्रमणले चीनबाहिर इरान र इटालीमा सबैभन्दा बढी प्रभाव पारेको छ ।
गत डिसेम्बरबाट शुरु भएको यस रोगले संसारभर ४२ सय जनाको ज्यान गएको छ ।
बुधबार नै विश्व स्वास्थ्स संगठनले विश्वभर महामारी घोषणा गरेको छ । चीनले मेडिकल कीट, मास्क तथा अन्य अत्यावश्य सामग्री र विशेषज्ञको टोली अति प्रभावित दुई देशमा पठाएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।
एजेन्सी