मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

(260319) -- HEBRON, March 19, 2026 (Xinhua) -- A Palestinian man inspects the site where shrapnel fell in the town of Beit Awwa, southwest of Hebron in the West Bank, on March 18, 2026. Four Palestinians were killed and six others injured on Wednesday evening by falling shrapnel in the southern West Bank, the Palestinian news agency WAFA reported. TO GO WITH "4 killed by falling shrapnel in West Bank: media" (Photo by Mamoun Wazwaz/Xinhua)

जेनेभा, ६ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याएको विश्व व्यापार संगठन प्रमुखले बिहीबार चेतावनी दिँदै विश्वव्यापी आपूर्ति श्रृंखलाहरू खुला राख्न अपिल गरेका छन् । मध्य पूर्व द्वन्द्वका कारण उच्च ऊर्जा लागतले आपूर्ति घटाउँछ, रासायनिक मलको लागत बढाउँछ र अन्ततः यसले विश्वव्यापी खाद्य सुरक्षालाई खतरामा पार्छ,” न्गोजी ओकोन्जो–इवेलाले जेनेभामा पत्रकारहरूसँग भने ।

“आपूर्तिमा लामो समयसम्म अवरोधले खाद्य प्रणालीमा तरङ्ग ल्याउन सक्छ, जसले किसानहरूलाई मलको प्रयोग कम गर्न र कम परिणम दिने गहन बालीहरू रोप्न प्रेरित गर्दछ,“ उनले भने । “विश्वव्यापी खाद्य व्यापार मार्गहरू खुला गर्नु र आपूर्तिलाई पूर्वानुमानयोग्य बनाउनु आवश्यक छ, जसले खाद्य आपूर्तिलाई सबैभन्दा बढी आवश्यक भएको ठाउँमा प्रवाह गर्न अनुमति दिन्छ।