पेरिस । चीनपछि सबैभन्दा प्रभावित यूरोपमा कोराना भाइरसले जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यूरोपका सबैजसो देशले मूख्य पर्यटकीय गन्तब्य बन्द गरेका छन् ।
फ्रान्स र स्पेनले शनिबार आपतकालिन अवस्थाको घोषणा गरेका छन् । फ्रान्सको इफेल टावर भ्रमणमा रोक लगाइएको छ ।
कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्यामो गुणात्मक वृद्धि भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
चीनपछि सबैभन्दा बढी मानिस इटलीमा मरेका छन् । यहाँ शनिबारसम्म १४ सय ४० जना मानिसको ज्यान गएको छ ।
युरोपेली मुलुकहरुले व्यापक प्रतिबन्धको घोषणा गरेका छन्। इटलीमा अहिले पनि १५१८ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
कोरोनाकै काण स्पेनमा १९६ र फ्रान्समा ९१ जनाको मृत्यु भएको छ । उता, चीनमा भने यो रोगको संक्रमण करीव नियन्त्रणमा आइसकेको छ ।
फ्रान्समा क्याफे, रेस्टुरेन्ट, सिनेमाघर र पसल बन्द गरिएको छ ।