नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

सपथ ग्रहण समारोह काठमाडौँ, १३ चैतः राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री सुशीला काकी सहभागी हुनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ\रासस

काठमाडौँ, १३ चैतः गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ । सङ्घका अध्यक्ष डा हेमराज शर्माले आज विज्ञप्तिमार्फत शाहलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गरे । अध्यक्ष शर्माले प्रधानमन्त्री शाहको कार्यकालमा सङ्घ र विदेशमा रहेका नेपालीले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो तथा विश्वसनीय साझेदारका रूपमा योगदान पु¥याउने अपेक्षा राखेको उल्लेख गरेका छन् ।