काठमाडौँ, १६ चैतः एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।
धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए । उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । यो विषय गत साल नै महानगरपालिकाले गम्भीर रुपमा लिएर कारवाही गर्न सरकारलाई भनेको थियो । तर, तत्कालिन सरकारले शर्मालाई उन्मुक्ति दिएपछि मेयर बालेनले स्टाटस लेख्दै बालिकालाई न्याय दिलाउने प्रतिवद्धता जनाएका थिए ।