अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै

File : President Donald Trump waves as he boards Air Force One, Sunday, March 29, 2026, at Palm Beach International Airport in West Palm Beach, Fla. (AP Photo/Mark Schiefelbein)

वासिङ्टन, १८ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरान युद्धबारे जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएयता घट्दो अनुमोदन दर र बढ्दो आर्थिक चिन्ताले देशमा राजनीतिक दबाबलाई गहिरो बनाएका समय राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नेछन् । ह्वाइट हाउसले सम्बोधनको बारेमा कुनै विवरण दिएको छैन, तर यो सम्बोधनको मिति राष्ट्रपति ट्रम्पले इरानले युद्ध रोक्न चाहेको दाबी गरेको केही घण्टापछि आएको हो ।

“इरानका राष्ट्रपतिले अमेरिकासँग युद्धविरामका लागि आग्रह गरेका छन्, ‘राष्ट्रपति ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका छन् । “स्वतन्त्र आवागमनका लागि हर्मुज घाँटी खुला गर्न इरान तयार हुनुपर्नेमा हामी जोड दिन्छौँ । त्यसो भएमा युद्ध रोक्ने बिषयमा हामी विचार गर्नेछौँ । त्यतिबेलासम्म, हामी इरानलाई अस्तव्यस्त अवस्थामा धकेल्नेछौँ वा उनीहरूले चाहेजस्तो ढुङ्गे युगमा फर्कनेछन् ।”

राष्ट्रपति ट्रम्पको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको एक महिनाभन्दा बढी समयपछि राष्ट्रपति ट्रम्पले वासिङ्टन समय अनुसार बुधबार राति ९ः०० बजे सम्बोधन गर्नेछन् । उनको टिप्पणी एक अनिश्चित राजनीतिक क्षणमा आएको हो।

पछिल्लो सर्वेक्षणले ट्रम्पको ख्याति अनुमोदन दर ४० प्रतिशतभन्दा तल झरेको देखाएको छ । युद्ध र यसको प्रभावले पारेको आर्थिक गिरावटले अमेरिकी मतदाताहरू रूष्ट छन् । त्यसैले उहाँलाई अनुमोदन गर्नेको प्रतिशत ५० को दशकको मध्यतिरभन्दा माथि चढेको छ । इरान अभियानको समर्थन आफैँमा अस्पष्ट छ, बहुसंख्यकले आक्रमणको विरोध गरिरहेका छन् र स्वतन्त्रहरू यसको विपक्षमा छन् ।

आर्थिक चित्रले समस्यालाई झनै जटिल बनाएको छ । पेट्रोलको मूल्य वर्षौंमा पहिलो पटक प्रति लिटर एक डलरभन्दा माथि बढेको छ, भने उपभोक्ताको विश्वास कमजोर भएको छ । यसले अर्थव्यवस्थामा ट्रम्पको पहिले नै देखिको कमजोर अडानलाई थप तल तान्छ।

यसैबिच, राष्ट्रपतिको सन्देश वृद्धि र फिर्ताको बीचमा मोडिएको छ। हालैका दिनहरूमा ट्रम्पले दुई वा तीन हप्ताभित्र युद्ध अन्त्य हुन सक्ने बताउँदै अमेरिकाले आफ्नो उद्देश्य हासिल गरेको कुरामा जोड दिएका छन् । यद्यपि उनले इरानको ऊर्जा पूर्वाधारमा विस्तारित आक्रमणको चेतावनी पनि दिएका छन् । स्थल कारबाहीको सम्भावनालाई पनि अघि सारेका छन् । सहयोगीहरूले निजी रूपमा प्रशासनको दीर्घकालीन रणनीतिको बारेमा अनिश्चितता स्वीकार गरेका छन् ।