इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

TOPSHOT - Smoke rises from the direction of an energy installation in the Gulf emirate of Fujairah on March 14, 2026. Smoke could be seen rising from the direction of a major UAE energy installation on March 14, in what appeared to be the latest strike targeting the Gulf's petroleum facilities hours after the US struck Iran's Kharg Island. (Photo by AFP) /

दोहा, १९ चैत (रासस–एएफपी) । कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा कतारको सामुद्रिक इलाकामा इरानी मिसाइलद्वारा प्रहार भएको छ । इरानबाट तीनवटा क्रुज क्षेप्यास्त्रा प्रक्षेपण गरिएको यसबाट कतारको एक इन्धन ट्याङ्करलाई निशाना बनाइएको कतारको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सेनाले दुई वटा क्रुज क्षेप्यास्त्रलाई रोकेको छ भने तेस्रो क्षेप्यास्त्र कतारको जलक्षेत्रमा कतार इनर्जिनीलाई दिइएको तेल ट्याङ्करमा खसेको छ ।” चालक दलका २१ सदस्य रहेको उक्त ट्याङ्करलाई कुनै मानवीय क्षति नपु¥याउन सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिएको रक्षा मन्त्रालयले जनाएको छ । इरानको रिभोलुसनरी गाड्र्सले कतारको स्वामित्वमा रहेको ट्याङ्कर एक्वा–१ लाई आक्रमण गरेको पुष्टि गरेको छ। गाड्र्सले सरकारी टेलिभिजनमार्फत् जारी एक विज्ञप्तिमा जहाज इजरायली भएको र निशाना बनाइएको जनाएको छ।

फेब्रुअरीको अन्त्यदेखि सुरु भएको अमेरिका र इजरायली आक्रमणको जवाफमा खाडी मुलुकहरूले गत महिनादेखि इरानबाट बारम्बार ड्रोन र क्षेप्यास्त्र आक्रमणको सामना गर्नुपरेको छ। इरानले तेलको धनी खाडी राष्ट्रहरूमा हाइड्रोकार्बन पूर्वाधारहरू र ढुवानीमा प्रयोग हुने जहाजलाई लक्षित गरेको छ । यी निशानाले प्रभावकारी रूपमा रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ । यो क्षेत्रबाट विश्वको करिब २० प्रतिशत इन्धन (तेल) आपूर्ति हुन्छ ।

इन्धन ट्याङ्कर एक्वा–१ ले बुधबार बिहानै कतारको उत्तरी जलक्षेत्रमा क्षेप्यास्त्र आक्रमणमा जहाजमा सामान्य क्षति भएको तर यसबाट चालक दलका कुनै सदस्य घाइते नभएको पुष्टि गरेको छ । बेलायती सामुद्रिक सुरक्षा निकाय ‘यूके मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ)’का अनुसार दोहाबाट १७ नटिकल माइल उत्तरमा सो दुर्घटना भएको हो । जहाजलाई विश्वको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) क्षेत्र रास लाफानको उत्तरमा दुई प्रोजेक्टाइलले लागेको थियो।

“एउटा प्रोजेक्टाइलले लागेपछि आगो लागेको थियो तर यसलाई पछि निभाइएको थियो र अर्को ‘जहाजको इन्जिन कोठामा विस्फोट भएको छैन,” बेलायती सामुद्रिक सुरक्षा निकायले भनेको छ। निजी सुरक्षा फर्म एम्ब्रे र भ्यानगार्डले पनि ट्याङ्करको इन्जिन कोठामा विस्फोट नभएको बताएका छन् । यसबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। यसअघि युकेएमटीओले ट्याङ्करलाई बन्दरगाहको छेउमा अज्ञात प्रोजेक्टाइलले ठक्कर दिएको र पानीको रेखामाथिको हलमा क्षति पुर्याएको बताएको थियो।