लेबनानमा इजरायलको अन्धाधुन्ध आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

A Lebanese man checks the damage at the site of an Israeli airstrike that targeted a building the day before in Beirut's Corniche al-Mazraa neighbourhood on April 9, 2026. Rescuers searched for survivors under the rubble of destroyed buildings in Beirut as Lebanon observed a day of mourning after Israeli strikes across the country killed more than 200. (Photo by Ibrahim AMRO / AFP)

संयुक्त राष्ट्रसङ्घ , २७चैत (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले बुधबार लेबनानमा गरेको आक्रमणको निन्दा गरेका छन् । महासचिव गुटेरेसले विज्ञप्ति जारी गर्दै आक्रमणमा अधिकाशं निर्दोश सर्वसाधारण ज्यान गुमाउन बाध्य भएको भन्दै आक्रमणको कडा निन्दा गर्नु भएको छ ।
लेबनानमा जारी सैन्य गतिविधिले अमेरिका – इरान युद्धविराम र यस क्षेत्रमा स्थायी शान्तिको प्रयासको लागि गम्भीर जोखिम खडा गरेको जनाइएको छ ।

महासचिवले सम्बन्धित पक्षलाई तुरुन्तै विवाद अन्त्य गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय कानूनको सम्मान नागरिकको सुरक्षा गर्नपर्ने बताएका छन् । द्धन्द्वको कुनै सैन्य समाधान हुन नसक्ने कुरामा जोड दिँदै सबै पक्षलाई कूटनीतिक माध्यामहरू प्रयोग गर्न र सुरक्षा परिषद्को प्रस्ताव– १७०१ को पूर्ण कार्यान्वयनमा प्रतिबद्ध हुन आग्रह गरेका छन् ।