गोली चलेको घटनामा ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक

(Photo by ANDREW CABALLERO-REYNOLDS / AFP)

१३ वैशाख, काठमाडौं । व्हाइट हाउसमा पत्रकारसँगको एक डिनर कार्यक्रमका दौरान भएको घटनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । उनले आक्रमणकारीलाई गिरफ्तार गरिएको बताएका छन् ।

ट्रुथ सोशल साइटमा लेख्दै उनले भनेका छन्, सिक्रेट सर्भिस तथा ल इन्फोर्समेन्ट एजेन्सीले सानदार काम गरेका छन्, उनीहरुले तिव्र गति तथा निकै बहादूरीपूर्वक कारवाही गरेका छन ।’ त्यसपछि उनले सुरक्षा एजेन्सीको निर्देशन अनुसार नै आफुले काम गरेको बताएका छन् ।