पर्यटन विभागले सगरमाथा आधार शिविरमा खोल्यो फिल्ड कार्यालय

१५ वैशाख, काठमाडौं । पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । जारी ऋतुको आरोहण नियमन, सहजीकरण र समन्वयका लागि विभागले यस्तो कार्यालय हरेक वर्ष खोल्ने गर्छ । अहिले सगरमाथा आधार शिविरमा ६ सय हाराहारी आरोही पुगेका छन् । साथै उनीहरुका शेर्पा गाइड, सहयोगी कर्मचारी र नियमनकारी निकायका कर्मचारीसहित ठूलो संख्यामा आधार शिविर पुगेका छन् ।