१८ वैशाख, काठमाडौं । सरकारले शुक्रबार काठमाडौंमा करीव ८ सय घर टहरामा डोजर चलाएको छ । बल्खुमा मात्र ४०१ घर, टहरा र छाप्रो भत्काइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उता, बंशीघाटमा १९३ घर टहरा भत्काइएको छ । उता शंखमुलमा मात्र १५० भन्दा बढी घर भत्किएका छन् । ती अधिकांश पक्की घर हुन् ।
आज भत्काइएका घरमध्ये ३२३ परिवार सम्पर्कमा आएका छन् । जसको परिवार संख्या १ हजार ४१४ रहेका छन् । उनीहरुमध्ये खरिपाटीमा ८० जनाको मात्र व्यवस्थापन गरिएको छ । काठमाडौंमा आज घर टहरा भत्काउँदा भत्काउँदै एक व्यक्तिले आत्महत्या गरेका छन् । यसले सरकारको कडा आलोचना भइरहेको छ ।