काठमाडौं । आजबाट नेपाल अन्तराष्ट्रिय समूदायसँगको सम्पर्कबाट अलग भएको छ । आजबाट सरकारले हवाई र स्थल दुबै माध्यमबाट नेपाल प्रवेशमा पूर्णतया रोक लगाइएको छ ।
राती १२ बजेबाट हवाईजहाजहरु नेपाल आउन रोकिए । अब आकस्मिक उडानका जहाज बाहेक अन्य सबै जहाज नेपाल आउन पाउने छैनन् ।
स्थलमार्गमा समेत नेपालले प्रतिवन्ध लगाएको छ । खासगरी भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले स्थलमार्गको प्रवेश समेत रोक्ने निर्णय गरेको हो ।
यसले कम्तिमा १० दिन अब नेपालमा कुनै पनि मुलुकबाट सबै नागरिकको प्रवेश बन्द हुने भएको हो । यस बीचमा नेपाली नागरिकसमेत नेपाल आउन पाउने छैनन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको यस रोगको संक्रमणका कारण संसारभर १० हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।
यसले ३ लाख भन्दा बढी मानिस प्रभावित बनेका छन् । यद्दपी कोरोनाको संक्रमण नेपालमा भने भित्रिसकेको छैन ।
एक जिल्लादेखि अर्को जिल्लासम्म जाने सवारी साधन रोकिए पनि एउटै शहर भित्रको आवतजावत भने रोकिएको छैन ।