माल्दिभ्समा स्कुबा दुर्घटना, इटालीका पाँच नागरिकको मृत्यु

bbc

रोम, १ जेठ, रासस–एएफपी । इटालीको विदेश मन्त्रालयले बिहीबार माल्दिभ्समा ‘स्कुबा डाइभिङ’ का क्रममा भएको दुर्घटनामा पाँच इटालेलीको मृत्यु भएको जनाएको छ । स्कुबा डाइभिङ यात्राका क्रममा भएको दुर्घटनामा परी मालदिभ्सको भाभु अटोलमा इटालीका पाँच नागरिकको मृत्यु भएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, “गोताखोरले पानीको सतहदेखि करिब ५० मिटरको गहिराइमा पानीमुनि रहेका केही गुफाबारे जानकारी सङ्कलन गरिरहेका समय मृत्यु भएको विश्वास गरिएको छ।”