काठमाडौं । भारतले कोरोना भाइरसविरुद्ध कडा नीति अपनाएको छ । अब भारत २१ दिन लामो लकडाउनमा जाने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रातीबाट लागु हुने गरी लकडाउनको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। भारतमा मंगलबारसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५ सय पुगेको छ ।
५ सयको आंकडाबाट यो रोगको ंसक्रमण अझ बढ्ने आंशका गरिन्छ । प्रधानमन्त्री मोदीले आगामी २१ दिन भारतका लागि निकै संवेदनसिल रहेको उल्लेख गरे ।
सोहीकारण जहाँ बसिरहेको छ, मानिस त्यही बसिरहन उनले आग्रह गरेका छन् । उनले अबको लकडाउन कडा हुने संकेत समेत गरेका छन् ।
यसअघि जनता कर्फ्यूु लागू गर्दै उनले सर्वसाधारणलाई घरबाट ननिस्कन आह्वान गरेका थिए। त्यसयता पनि संक्रमण भने झन बढिरहेको छ ।
भारतमा यस रोगको संक्रमणले १० जनाको ज्यान गइसकेको छ ।