अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

US Secretary of State Marco Rubio disembarks his plane with his wife Jeanette at Netaji Subhash Chandra Bose International Airport in Kolkata on May 23, 2026. Rubio arrived May 23 on his first trip to India where he will meet Prime Minister Narendra Modi on the heels of US diplomacy with China. (Photo by Julia Demaree Nikhinson / POOL / AFP)

कोलकाता, १० जेठ (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आएका छन् । चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उनी भारत आएका छन् । रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण सुरु गर्नु भएको छ । जहा उनले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ । यो कार्यक्रम पछि रुबियो नयाँ दिल्ली जाने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अमेरिकी विदेश विभागले जनाएको छ ।

रुबियोले क्वाडका लागि आएका–अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरूको बैठकमा पनि सहभागी हुने जनाइएको छ ।
यसै बीच चीनले भने लामो समय देखि क्वाड माथि शङ्का गर्दै आएको छ । यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता चीनको राजकीय भ्रमण गरेका थिए । जहाँ उनले केहि घोषणा तथा सम्झौता गरेका थिए । राष्ट्रपति सी जिनपिङबाट प्राप्त स्वागतको प्रशंसा गरेका थिए ।


भारतसँग घनिष्ठ सम्बन्धको वकालत गरिरहेका रुबियोले पत्रकारहरूसँगको साक्षातकारमा यो भ्रमण आफ्नो जीवनको पहिलो भारत भ्रमण हुने बताएका छन् । रूबियोसँग उहाँकी श्रीमती जेनेट पनि भारत भ्रमणमा आएको जनाइएको छ भने उनीहरुले भारतको आगरामा स्थित प्रेमको विश्व प्रसिद्ध स्मारक ताजमहलको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।