नयाँ दिल्ली । नेपालको छिमकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
केही दिन अगाडीसम्म सामान्य रहेको भारतमा अब भने रोगले महामारीको रुप लिने संकेत देखाएको छ ।
सोहीकारण भारत सरकारले २१ दिन लकडाउन घोषणा समेत गरिसकेको छ ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या १३ पुगिसकेको छ । बुधबार मात्र तीन जनाको ज्यान गयो ।
बुधबार ५४, ६५ र ८५ वर्षर्का एक पुरुष र दुई महिलाको ज्यान गएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । भारतमा कोरोना भाइरसको प्रकोप २५ राज्यमा फैलिसकेको छ । भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।
संचारमाध्यमहरुका अनुसार भारतको महाराष्ट्र र केरला यो भाइरसको चपेटमा पर्न सक्ने चेतावनी दिइएको छ । भारतमा बढेने संक्रमणले नेपालमा पनि जोखिम बढाउँछ । यद्दपी अहिले नेपाल र भारततर्फका सीमा नाका बन्द गरिएका छन् ।