काठमाडौं । सरकारले अब आधा सिलिण्डर मात्र भएपनि ग्यास बिक्रि गर्ने भएको छ । ग्यासको आपूर्ति सर्वसुलभ बनाउन यस्तो प्रस्ताव गरिएको हो । अब शुक्रबारदेखि आधा सिलिण्डर मात्र भरिएको ग्यास उपलब्ध हुने भएको छ ।
नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ ।
अहिले एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास राखेर बिक्रि गर्न लागिएको छ ।
मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्न थालिएको हो । माग अनुसार आपूर्ति हुन नसकेपछि ग्यासको परिमाण घटाउन लागिएको हो ।
भारतले २१ दिन लकडाउन घोषणा गरेसँगै नेपालमा समेत आपूर्ति कम भएको छ । यसले बजारमा माग धान्न नसक्ने अवस्था देखिएको छ ।