स्पेन र इटलीमा कोरोनाले त्राहीमाम, एकै दिनमा १४ सयको ज्यान गयो

रोम । कोरोना भाइरस(कोभिड–१९) को इपिसेन्टर इटली र स्पेनमा यसको भयाभह रुप अझै जारी छ ।

किनकी पछिल्लो २४ घण्टामा यी दुई मुलुकले मात्र आफ्ना १४ सयभन्दा बढी नागरिकलाई गुमाएका छन् । संचारमाध्यमहरुका अनुसार बिहीबार इटालीमा एकैदिन ७१२ जनाको ज्यान गयो ।

यससँगै इटालीमा मृत्यु हुनेको संख्या ८ हजार २१५ पुगेको छ । यस मुलुकमा बिहीबारमात्र ८ हजारभन्दा बढी थप संक्रमित भेटिएका छन् । इटालीमा अब कूल संक्रमित ८० हजारको नेटो नाघेको छ ।

स्पेनमा बिहीबार एकैदिन ७१८ जनाको ज्यान गयो । स्पेनमा अब कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ सय ६५ जना पुगेको छ ।

यो चीनभन्दा १ हजार धेरै हो । बिहीबार स्पेनमा नयाँ संक्रमित ८ हजारभन्दा बढी देखिए । स्पेनमा कुल संक्रमित ५७ हजार पुगेको छ ।

फ्रान्समा बिहीबार ३६५ जनाले ज्यान गुमाए । फ्रान्समा समग्र संक्रमितको संख्या २९ हजार नाघेको छ । बेलायतमा बिहीबार ११५ जना मानिसमो मृत्यु भएको छ ।

बेलायतमा ११ हजारभन्दा बढी मानिसमा यो भाइरसको सरिसकेको छ । कोरोनाका कारण विश्वभर ५ लाख नाघिसकेको छ ।

ज्यान गुमाउने संख्या भने २४ हजार नाघिसकेको छ । चीनमा ३३ सय हाराहारीको मृत्यु भएसँगै चीनमा भने यो भाइरस करीव नियन्त्रणमा आइसकेको छ ।

अहिले यूरोपेली र अमेरिकी मुलुकमा यस भाइरसले ठूलो मानवीय क्षति गरेको छ ।