‘ट्रम्पसँग छलफल भएका प्रस्ताव’का आधारमा रुस सम्झौता गर्न तयारः पुटिन

File : President Donald Trump salutes as he walks Russia's President Vladimir Putin, Friday, Aug. 15, 2025, at Joint Base Elmendorf-Richardson, Alaska. (AP Photo/Julia Demaree Nikhinson)

सेन्ट पिटर्सबर्ग, रूस, २३ जेठ (रासस–एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको बताएका छन् । उनले युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको तर यसका लागि किएभले केही ‘सम्झौता’ गर्नुपर्ने बताए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावको सन्दर्भमा यो भनाइ राखेका हुन् । उनले रूसी सेना युद्धको मैदानमा लगातार अगाडि बढिरहेको भएपनि आफूले विश्व समुदायको धारणाको सम्मान गर्दै युद्ध अन्त्य गर्न तयार रहेको बताए ।


राष्ट्रपति पुटिनले सेन्ट पिटर्सबर्गमा विश्वका प्रमुख समाचार संस्थाका प्रमुखहरूसँग कुराकानी गर्दै पुटिनले भने, “रूसले आफ्नो हवाई प्रतिरक्षा बलियो बनाइरहेको छ र उसले युक्रेनको ड्रोन आक्रमणको जवाफ दिन सकोस्। रूसी जनताको देशभक्ति र इच्छाले उनीहरूलाई आफ्नो लक्ष्य पूरा गर्न मद्दत गर्नेछ ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार पुटिनलाई एउटा खुला पत्र लेख्दै युद्धलाई शान्तिपूर्ण रूपमा अन्त्य गर्न दुई नेताबीच प्रत्यक्ष भेटघाटका लागि अपिल गरेका थिए । पत्रमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने, “दुई देशबीच प्रत्यक्ष वार्ता भयो भनेमात्र शान्ति सम्भव छ र यसका लागि पूर्ण युद्धविराम अनिवार्य हुनेछ।”

क्रेमलिनले उक्त पत्र प्राप्त भएको पुष्टि गरेको छ । क्रेमलिनले भनेको छ, “युक्रेनले सम्झौताहरू स्वीकार गर्नुपर्नेछ, त्यसपछि मात्र युद्ध समाप्त हुन्छ ।”
पत्रकारहरुसँग कुरा गर्दै रूसी नेता पुटिनले अलास्काको एन्कोरेज बैठकमा ट्रम्पसँग छलफल भएका प्रस्तावका आधारमा रुस सम्झौता गर्न तयार रहेको बताएका थिए । उनले भने, “रुस ती ‘सम्झौता’ स्वीकार गर्न तयार रहेको तर युक्रेनले पनि यसलाई स्वीकार गर्नुपर्नेछ, त्यसपछि मात्र द्वन्द्व चाँडै समाप्त हुन सक्छ।”

रुसी सेनाले हालसालै करिब दुई हजार ४४० वर्ग किलोमिटर युक्रेनी नियन्त्रणमा रहेको भूभाग आफ्नो नियन्त्रणमा लिएको र विभिन्न मोर्चामा अघि बढिरहेको नेता पुटिनले दाबी गरे । उनले भने, “लुहान्स्क क्षेत्र लगभग पूर्ण रूपमा रूसी नियन्त्रणमा छ, डोनेट्स्कको ८५ प्रतिशत र जापोरिज्जियाको लगभग ८० प्रतिशत पनि रूसी नियन्त्रणमा छ ।”

नेता पुटिनले युरोपेली सङ्घ (इयू) को मध्यस्थकर्ताको भूमिकालाई पनि अस्वीकार गरे । उनले भने, “जुन देशले रणनीतिक रुपमा रुसलाई हराउने कुरा गरेका छन्, उनीहरुलाई विश्वास गर्न गाह्रो छ । यदि इयूले वार्ताका लागि मध्यस्थता गर्न चाहन्छ भने पनि रुसले ढोका पूर्ण रुपमा बन्द गर्नेछैन, तर उसले हतियार पठाउने र उक्साउने गर्नुको सट्टा युक्रेनलाई मनाउने प्रयास गर्नुपर्छ ।” उनले युक्रेनमा मार्शल ल का कारण चुनाव स्थगित भएको भन्दै वार्ताका लागि राष्ट्रपति जेलेन्स्कीको वैधताबारे पनि टिप्पणी गरेका थिए ।