बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा

Britain's Justice Secretary and deputy Prime Minister David Lammy (C) stands with members of Downing Street staff as Britain's Prime Minister Keir Starmer makes a statement on his future outside 10 Downing Street on the morning of June 22, 2026, in London. British Prime Minister Keir Starmer announced his resignation on Monday after fewer than two years in office in a term characterised by policy U-turns and deep public unpopularity. (Photo by Adrian DENNIS / AFP)

लन्डन, ८ असार (रासस–एएफपी) । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन् । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए ।

“मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो । त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु”, उनले भावुक हुँदै भने । स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ ।

नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ । सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो ।