काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको समयमा हुन सक्ने सम्भावित अनियमितताका काममा सतर्क रहन सचेत गराएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार अख्तियारका नाममा टुइटरमार्फत एक स्मृति पत्र लेखेका छन् । छोटो यस पत्रमा उनले संकटको बेलामा सहयोग गर्नु सबै दलको दायित्व भएको बताएका छन्।
तर, संकटका नाममा भ्रष्टाचारले भने उन्मुक्ति पाउन नहुने उनको भनाई छ । कोरोना रोकथाम गर्न चीनबाट ल्याएको स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आरोप सरकारमाथि लागेको छ ।
यसै सन्दर्भमा कांग्रेसले यस्तो सचेत गराएको हो ।
यस्तो छ कांग्रेसको पत्र :
‘अख्तियारलाई स्मृति पत्र, संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्वु, तर साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण। अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न’
सरकारले भने यस खरीदमा अनियमितता नभएको स्पष्ट पारेको छ ।