क्षत्री समाज नेपाल यूएई शाखामा नयाँ नेतृत्व

२१ असार, यूएई । क्षत्री समाज नेपाल, यूएई शाखाको प्रथम अधिवेशनले कृष्णबहादुर ढकाल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावनाका निम्ति क्षत्री एकता, आजको आवश्यकता भन्ने मूल नाराका साथ यूएईको बरदुबईमा जुन १४ मा सम्पन्न उक्त अधिवेशनले २१ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समिति संयोजक दीपक खड्काले बताए ।


नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा देवीलाल रावत, सुदीप कार्की, दीपक रावत रहेका छन् भने महिला उपाध्यक्षमा हीरा केसी रहेकी छन् । कार्यसमितिको सचिवमा भीम केसी, सहसचिवमा रमेश खड्का, कोषाध्यक्षमा होमबहादुर महत, सहकोषाध्यक्षमा कमल केसी रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः ओमकार थापा, कृष्णबहादुर केसी, चन्द्रबहादुर भण्डारी, सिक्रम थापा, हरीबहादुर केसी, धनबहादुर क्षेत्री, विमला पौडेल क्षेत्री, बिन्दु सेढाई, कमला थापा, सृजना थापा, रितु पाण्डे क्षत्री र देवी बस्नेत रहेका छन् ।


कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिबबहादुर थापाको भर्चुअल माध्यमबाट प्रमुख आतिथ्यता रहेको थियो भने यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्थापना कालदेखि छोटो समयमा नै क्षत्री समाज नेपाल यूएई शाखाले विभिन्न सामाजिक, सांस्कृतिक कार्यहरु गर्दै आइरहेको छ ।