प्रवास नेपाली सम्पर्क विभाग यूएई शाखामा थापा निर्वाचित

२१ असार, यूएई । राष्ट्रिय स्वतन्त्र पार्टीको यूएई संगठन प्रवास नेपाली सम्पर्क विभाग यूएईको प्रथम अधिवेशनले सुजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । यूएईको दुबईस्थित फुड बउल रेष्टुरेण्टमा १४ जुनमा भएको उक्त अधिवेशनको उपप्रमुखमा युगमाया पाण्डे र अमरराज राई रहेका छन् ।

त्यसैगरी सचिवमा जगन्नाथ लुइँटेल, सहसचिवमा सुमित्रा बारघरे, कोषाध्यक्षमा जगन्नाथ अधिकारी रहेका छन् । सदस्यहरुमा क्रमशः देवीलाल रावत, धु्रवराज आचार्य, कृष्णप्रसाद खतिवडा, दिवस चापागाई, हरिहर सापकोटा, बसन्तकुमार कार्की, भीमकुमारी खत्री, लक्ष्मी खासु मगर, खगेन्द अर्याल र सविन भुजेल रहेका छन् ।


कार्यक्रममा निर्वाचन समिति संयोजक उमाकान्त पाण्डेले कार्यसमिति घोषणा गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि प्रवास नेपाली सम्पर्क विभाग यूएईका प्रमुख सल्लाहकार प्रेमराज ढकाल रहेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास विभागका सचिव पदमराज पन्थीको भर्चुअल सम्बोधन रहेको थियो ।