ब्रसेल्स, ३१ असार (रासस–क्यूएनए) । युरोपेली युनियनले ८८ करोड ३६ लाख युरोको प्रारम्भिक रकमका साथ १५ वटा साझेदारहरू सँग मिलेर गाजाकोलागि विशेष पहल समुह “टीम गाजा इनिसिएटिभ“ सुरु गर्ने घोषणा गरेको जनाइएको छ । प्रेस विज्ञप्ती जारी गर्दै युरापेली युनियनले गाजाका जनताका लागि चलिरहेको र योजना–बद्ध प्रारम्भिक सुधार तथा पुनःस्थापना परियोजनाहरूको कार्यान्वयनलाई समर्थन गर्न ब्रसेल्समा प्यालेस्टाइन दाता समुहको बैठकमा पहल सुरु गरिएको उल्लेख गरेको हो ।
आफू लगातय युरोपेली युनियनले जापान, युरोपेली लगानी बैङ्क र विश्व बैङ् १२ वटा युरोपेली देशहरू यस पहलमा सहभागि भएको बताएको छ । प्यालेस्टाइन दाता समुह (पिडिजीं) को दोस्रो बैठकको सह–अध्यक्षता प्यालेस्टिनी प्राधिकरण (पीए) का प्रधानमन्त्री मोहम्मद मुस्तफा र भूमध्यसागरीय आयुक्त डुब्राभ्का सुइकाले गरेका थिए ।
बैठकमा विदेश मामिला तथा सुरक्षा नीतिका लागि ईयूका उच्च प्रतिनिधि र दाता देशहरू, दाता संस्थाहरू र अन्तर्राष्ट्रिय साझेदारहरूका प्रतिनिधिहरूले प्यालेस्टिनी सरकारलाई सहयोग गर्न र गाजा पट्टीमा प्रारम्भिक सुधार र पुनः र्निर्माणको आवश्यक प्रतिक्रियालाई सुदृढ पार्न छलफल गरेको जनाइएको छ ।