अफगानिस्तानमा एक करोड भन्दा बढी महिलाहरु सहायताको पर्खाइमा

File : Zabihullah Mujahid, the Taliban government's chief spokesman, speaks during a press conference at the Government Media and Information Center in Kabul, Afghanistan, Sunday, Oct. 12, 2025. (AP Photo/Siddiqullah Alizai)

संयुक्त राष्ट्रसङ्घ ३१ असार (रासस–सिन्ह्वा) । अफगानिस्तानमा एक करोड ७० लाख भन्दा बढी महिला तथा बालिकाहरूलाई मानवीय सहायताको आवश्यकता रहेको अफगानिस्तानमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र कार्यालयले जनाएको छ । टोलो न्यूजले संयुक्त राष्ट्र सङ्घीय मनव अधिकार कार्यलयलाई उद्धृत गर्दै मङ्गलबार स्वास्थ्य, सुरक्षा र अन्य आवश्यक सेवाहरूको बढ्दो आवश्यकताका साथ महिला तथा बााबललिकाहरू देशको मानवीय संकटको बोझ झेलिरहेको जनाइएको् छ ।

महिला स्वास्थ्य कार्यकर्ताको अभाव, घट्दो कोष र स्वास्थ्य सेवामा सीमित पहुँचले अफगानिस्तानको मातृ शिशु स्वास्थ्य सेवा प्रणालीलाई बढ्दो तनावमा पारेको संयुक्त राष्ट्रसङ्घघीय मानव अधिकार कार्यलयले जनाएको छ । यसले चुनौतीहरूले मातृ र नवजात मृत्युको सम्भावित स्वास्थ्य समस्या वृद्धिमा चिन्ता बढाएको तथा देशको स्वास्थ्य र मानवीय आवश्यकताहरू सम्बोधन गर्न दिगो मानवीय सहयोगको आवश्यकतामा ध्यान आकर्षण गरेको जनाएको छ ।