काठमाडौं । कोराना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण अहिले सबै मानिस घरभित्र थुनिन बाध्य छन् ।
यसले सबैभन्दा बढी व्यापार र शारीरिक गतिविधि आवश्यक पर्ने खेलकुद क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ ।
घरमै बसेका खेलाडी, प्रशिक्षक, कर्मचारी र खेलकुद संघसंस्थाका पदाधिकारीको अवस्थाको विषयमा राष्ट्रिय खेलकुद परिषद्ले चासो देखाउन थालेको छ ।
परिषद्का प्रशासन बिभागका प्रमुख कुलबहादुर थापाले लकडाउनको अवधिमा आफु मतहत संघसंस्था तथा सम्पूर्ण कर्मचारीको अवस्था बुझेर के कस्तो छ बुझि विवरण पेश गर्न र कुनै कठिनाई भए सहयोग गर्न अग्रह गरेका छन् ।
यस कठिन परिस्थितिमा परिषद्को तर्फबाट गर्न सकिने सहयोगबारे सिघ्र जानकारीका लागि समेत आह्वान गरेका छन् ।
परिषद्ले लकडाउनको अवस्थामा धैर्य, संमियमित भई बस्न समेत आग्रह गरेको छ ।
संभव भएसम्म आफ्ना भौतिक संरचनालाई आइसोलेसन कक्षका रुपमा प्रयोगको वातावरण बनाउन समेत परिषद्ले खेलकुदसँग सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
परिषदले लकडाउन शुरु हुनुअघि नै नेपालमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको थियो।